FAQs Complain Problems

मेलुङ गाउँपालिकाबाट देखिने गौरीशंकर हिमशृंखलाको मनमोहक दृश्य

Read More

ऐतिहासिक भेडपु पोखरी,मेलुङ गा.पा.-४

Read More

६ नं. वडा कार्यालय भवन मेलुङ-६, मेलुङ बजार

Read More

आलुखेतीको लागि प्रसिद्द मेलुङ गा.पा.-४ फुर्केसल्ला

Read More

मेलुङ गाउँपालिकाका गाउँ सभा सदस्यज्यूहरू

Read More

मेलुङ गा.पा. द्वारा निर्मित रष्टिक स्टोर, मेलुङ-३

Read More

मेलुङ गा.पा. द्वारा पुननिर्माण गरिएको गाईखुरा महादेव, मेलुङ-२

Read More

मेलुङ गा.पा.को सहयोगमा निर्मित जामुने पाँखेडाँडा झोलुंगे पुल

Read More

४ नं. वडा कार्यालय भवन मेलुङ-४, बुद्दचोक

Read More

७ नं. वडा कार्यालय भवन मेलुङ-७, बिरौटा

Read More

२ नं. वडा कार्यालय भवन मेलुङ-२, सुकाठोकर

Read More

गाउँपालिकाद्वारा ढलान कार्य भई रहेको सिम्टे सत्यश्वर सडक खण्ड

Read More

गाउँपालिकाद्वारा बजेट बिनियोजन भै निर्माण भएको खानेपानी धारा

Read More

गाउँपालिकाद्वारा बजेट बिनियोजन भै निर्माण भएको सिंचाई पोखरी

Read More

 संक्षिप्त परिचय : 

  नेपालको बागमती प्रदेश अन्तर्गत पर्ने एक हिमाली जिल्लाको रुपमा परिचित दोलखा जिल्लाको दक्षिणी भेगमा अवस्थित मेलुङ गाउँपालिका धार्मिक, सांस्कृतिक, ऐतिहासिक तथा पर्यटकीय हिसाबले एक महत्वपूर्ण स्थान हो । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण यस  गाउँपालिका प्राकृतिक सम्पदाले सम्पन्न मात्र नभएर विभिन्न जातजाति, धार्मिक एकताको धरोहरका रुपमा समेत परिचित छ । यस मेलुङ गाउँपालिकाको नाम ऐतिहासिक मेलुङ बजारको नामबाट रहन गएको हो । यहाँबाट धार्मिक तथा प्राकृतिक सौन्दर्यको संगमस्थल: शैलुङडाँडा करिब ५ घण्टाको पदमार्ग पार गरेपछि पुग्न सकिन्छ । साबिकको मेलुङ, भेडपु, डाँडाखर्क, घ्याङसुकाठोकर र पवटी गाविसहरु मिलाएर बनाईएको मेलुङ गाउँपालिकाको पूर्वमा तामाकोसी गा.पा, पश्चिममा सैलुङ गा.पा.र रामेछाप जिल्ला, उत्तरमा सैलुङ गा.पा. तथा दक्षिणमा रामेछाप जिल्ला पर्दछ । यस गाउँपालिकालाई सातवटा वडाहरुमा विभाजन गरिएका छ । साबिकको पवटी गा.बि.स.(१-९ )लाई वडा नं.-१, घ्याङ सुकाठोकर गा.बि.स.(१-४ ) लाई वडा नं.-२, घ्याङ सुकाठोकर गा.बि.स.(५-९) लाई वडा नं.-३, भेडपु गा.बि.स.(१-९ )लाई वडा नं.-४, डाँडाखर्क गा.बि.स.(२-६,८)लाई वडा नं.-५, डाँडाखर्क गा.बि.स.(१,७,९ ) र मेलुङ (६,८,९,) लाई वडा नं.-६ र  मेलुङ (१-५,७) लाई वडा नं.-७ बनाईएको छ ।

आर्थिक वर्ष २०७७-०७८ को नीति, बजेट तथा कार्यक्रम

जनप्रतिनिधि

अध्यक्ष
9851013306
उपाध्यक्ष
९८४४००२२७७
प्रवक्ता
9851108153

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9851249201
सूचना प्रविधि अधिकृत
९८५११२०२८९
इन्जिनियर
9843704759
सूचना अधिकारी
9851149201
स्वास्थ्य संयोजक
9860493309
लेखा सहायक
9851120389
शाखा अधिकृत
9851149201
शिक्षा अधिकृत
९८६०४७४८९१
असिष्टेन्ट सब -इन्जिनीयर

सेवाहरु

सेवा प्रकारः- शेैक्षिक संस्था सम्बन्धी
सेवा समयः- १ महिना
जिम्मेवार अधिकारीः- गाउँ शिक्षा समिति
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- सामुदायिकको हकमा निशुल्क संस्थागतको हकमा आर्थिक ऐन बमोजिम
आवश्यक कागजातहरुः-

१) निवेदन

२) शैक्षिक गुठीको विधान वा कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रतिलिपी

३) जग्गा वा भवन भाडामा लिने भए कम्तीमा ५ वर्षसम्मको लागि घर वा जग्गाधनीले बहालमा दिने सम्बन्धमा भएको कबुलियतनामाको प्रतिलिपी

४) प्रस्तावित विद्यालयको शैक्षिक नक्सा

५) सम्बन्धित वडाको सिफारिश

६) सबैभन्दा नजिकै कम्तीमा २ वटा छिमेकी विद्यालयको सहमति

७) विद्यालय व्यवस्थापन समितिको निर्णय

८) शिक्षा ऐन र नियमावली अनुसार अन्य आवश्यक कागजातहरु

सेवा प्रकारः- न्याय सम्बन्धि
सेवा समयः- न्यायिक समितिको निर्णयानुसार
जिम्मेवार अधिकारीः- न्यायिक समिति कानुनी मामिला
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१) निवेदन/ विवाद दर्ता

२) हकदैया, हदम्याद पुग्ने प्रमाण

सेवा प्रकारः- बैंक खाता सम्बन्धि
सेवा समयः- सोही दिन
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत / प्रशासन शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

) खाता संचालन/बन्दका लागि खाता संचालन गर्ने पदाधिकारीहरुको

नमूना दस्तखत कार्ड

२) समितिको निर्णय

३) निवेदन

४) वडाको सिफारिश

सेवा प्रकारः- याेजना सम्बन्धि
सेवा समयः- सोही दिन, सर्जमिनको हकमा बढीमा ३ दिनभित्र
जिम्मेवार अधिकारीः- प्रमुख प्रशासकिय अधिकृत /योजना शाखा प्रमुख
सेवा दिने कार्यालयः- गाउँ कार्यपालिकाको कार्यालय
सेवा शुल्कः- नि:शुल्क
आवश्यक कागजातहरुः-

१)उपभोक्ताहरुको आम भेलाको निर्णय प्रतिलिपि

२) नियमानुसार उपभोक्ता समिति गठन

३) सम्बन्धित वडाको सिफारिश

४) स्वीकृत योजनाको लागत अनुमान

जानकारी